काठमाडौं– नेपाली फुटबल फ्रेन्चाइज क्लब धनगढी फुटबल क्लबले कपनको क्लबसँग सहकार्य सम्झौता गरेको छ।
नेपाल सुपर लिग (एनएसएल)को क्लब धनगढीले फुटबल विकासमा काम गर्दै आएको कपन स्पोट्स क्लबसँग सहकार्यको लागि सम्झौता गरेको हो।
कपनले बुढानिलकण्ड नगरपालिकामा फुटबल विकासको लागि धनगढीसँग सहकार्य गरेको हो।
त्यस्तै, अर्को एनएसएल क्लब चितवन फुटबल क्लबले पनि झापाको पहिलो फुटबल क्लब झापा एफसीसँग सहकार्य गर्ने सम्झौता गरेको छ।
सी डिभिजन लिग छनोटमा भाग लिएको झापा एफसीले अब आईएमई ग्रुपको लोगो जर्सीमा राख्ने भएको छ। फ्रेन्चाइज क्लब चितवन एफसी आईएमई ग्रुपको फ्रेन्चाइज क्लब हो।
स्थानीय टिमबीच खेलाडी आदानप्रदानको पनि काम हुनेछ। यता नेपालका फ्रेन्चाइज क्लब मात्र नभएर सहिद स्मारक ए डिभिजन लिगका क्लबले पनि विभिन्न विद्यालयसँग सहकार्य गरेर ग्रासरुट फुटबल र फुटबल एकेडेमी सञ्चालनमा सम्झौता गरिरहेको छन्।
त्यसमा, सातदोबाटो युथ क्लब, मछिन्द्र क्लबलगायतका क्लबले एकेडेमीका लागि विभिन्न विद्यालयसँग सहर्य गरेका छन्।