सोमबार, चैत २, २०८२

विषाक्त मदिराका कारण मृत्यु हुनेको संख्या ६९ पुग्यो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
भारत – भारतमा विषाक्त मदिरा सेवनबाट मृत्यु हुनेको संख्या ६९ पुगेको छ। अन्य २०० जना विरामी भएर अस्पतालमा रहेका अधिकारीहरुले शनिबार जनाएका छन्। मृत्यु भएका र विरामी भएका सवै जना मजदुर रहेको बताइएको छ। 

यो बाहेक भारतको उत्तर प्रदेश र उत्तराखण्डमा गत दुई हप्ता भित्रमा विषाक्त मदिराका कारण झण्डै एक सय जनाको मृत्यु भएको छ। 

हामीलाई प्राप्त पछिल्लो विवरण अनुसार गोलाघाटमा गत बिहीबार रातीदेखि अहिले सम्म मृत्यु हुनेको संख्या ५० पुगेको छ,’ आसामको गोलाघाट जिल्लाका उप आयुक्त धिरेन हजारिकले भने। 

अर्का सरकारी अधिकारीले छिमेकी जिल्ला जोर्हाटमा विषाक्त मदिरा सेवनका कारण १९ जनाको मृत्यु भएको जानकारी दिएका छन्। 

देशको उत्तरपूर्वी राज्य आसाममा पर्ने ठाउँमा भएको घटनामा मदिरा सेवनकर्ताहरुको सेवन गरेको केहीबेरमै निधन भएको प्रहरी अधिकारीहरुले जनाएका छन्। मृत्यु भएका र विरामी भएका मध्ये धेरै जना महिला रहेका छन्। 

‘विरामी भएका मध्ये धेरैले बान्ता गर्दै अस्पताल आएका थिए, अत्यधिक पिडा भएको र श्वासप्रश्वासमा गाह्रो भएको बताएका थिए,’ अस्पतालका एक जना चिकित्सक रातुल बोर्डोलोइले भने। 

आसामका मुख्य मन्त्री सर्वानन्द सोनोवालले घटनाका बारेमा अनुसन्धान गर्न आदेश दिनुभएको छ। प्रदेश प्रहरीले घटनामा दोषी भएको आशङ्कामा एक जनालाई नियन्त्रणमा लिएको जनाएको छ। 

भारतमा विषाक्त मदिरा सेवनका कारण हरेक बर्ष सयौंको मृत्यु हुने गरेको छ। रासस/एएफपी
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।