सोमबार, चैत २, २०८२

ढाकामा भएको भीषण आगलागीमा ७० जनाको मृत्यु

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
ढाका – बंगलादेशको राजधानी ढाकामा बुधबार राति भएको आगलागीमा परी कम्तीमा पनि ७० जना व्यक्तिको ज्यान गएको छ। 

राजधानी ढाकाको बजार क्षेत्रमा सो आगलागी भएको थियो। राति भएको सो भीषण आगलागीमा परी ७० जनाको ज्यान गएको छ भने अरु दर्जनौँ व्यक्ति जलेर घाइते भएका छन् । 

जलेर मृत्यु हुनेमा अधिकांश महिला र बालबालिका परेका छन्। उनीहरुलाई अस्पताल पु¥याइएको र तीमध्ये कैयौँको अवस्था अत्यन्तै गम्भीर रहेको ढाका प्रहरीले जानकारी दिएको छ। 

ढाकाको चवाक बजारमा रहेको एक घरमा ग्याँसको सिलीण्डर विस्फोट भएको थियो। त्यो विस्फोटबाट निस्किएको आगोले सबैभन्दा पहिला पाँच तल्ले भवन जलेको थियो। 

राजधानी ढाकाको पुरानो वस्तीतिरको क्षेत्र भएकोले घरहरु जोडिएर रहेका र जसका कारण एकपछि अर्को घरमा आगो फैलिएको थियो। 

यसरी फैलिएको आगोका कारण यहाँका कैयौँ घर शिकार भएका थिए । कैयौँ घरमा आगो सल्किएको र जनधनको ठूलो क्षति हुन पुगेको प्रहरीले जानकारी दिएको छ। 

ढाकाको आगलागी नियन्त्रण विभागका एकजना अधिकारी महफुज रिवनले सो जानकारी दिएका छन्। उनका अनुसार एक घरमा सिलिण्डर पड्किएर भएको आगलागीले सो घरसँगै रहेको अर्को घरलाई पनि छोएको र उक्त घरमा रासायनिक पदार्थहरु राख्ने गरिएको एक गोदाम रहेकोले आगो झन् बढेको जानकारी दिए। 

उनले भने बुधबार राति करिब १० बजेतरि उक्त आगलागी शुरु भएको थियो। आगो नियन्त्रणमा लिन निकै धेरै समय लागेको थियो। आगो नियन्त्रणमा लिन मध्यराति सम्म लागेको र जसका कारण ठूलो जनधनको क्षति हुन पुगेको थियो। 

उनले आगो नियन्त्रणका लागि कम्तीमा पनि ३७ ओटा दमकलको प्रयोग गरिएको जानकारी दिएका छन्। आगोको मुस्लो बढ्दै जाँदा अर्को घरमा सल्किन पुगेको थियो। 

सो आगलागनी नियन्त्रणका लागि ३७ ओटा अग्नि नियन्त्रक र ठूलो संख्याका कर्मचारीले निकै प्रयत्न गरेपछि बिहीबार बिहानीपख ३ बजेमात्र आगो नियन्त्रणमा आएको उनले बताए। 

अग्नि नियन्त्रकहरुले अहिले पनि विभिन्न घर र तिनका भग्नावशेषमा लागेको आगो निभाउने प्रयास जारी राखेका बताइएको छ। 

ढाका प्रहरीले यहाँको उद्वारको कार्य अझै सम्पन्न भइ नसकेको जनाएको छ। उद्वारको कार्य जारी नै रहेको, कति जनाको ज्यान गएको हो भन्ने बारेमा पनि यकिन हुन बाँकी रहेको बताइएको छ। 

हाल ६९ जनाको शव भेटिएको तर जलेर अस्पतालमा उपचार गराइरहेका नागरिकको संख्या धेरै रहेकोले मृतकको संख्या निकै बढ्न सकने बताइएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।