काठमाडौं – बंगलादेशको राजधानी ढाकामा भएको आगलागीमा ६० जनाको मृत्यु भएको छ। अधिकारीहरूका अनुसार थुप्रै घाइते भएका छन्। घाइतेमध्ये केही गम्भीर रूपमा जलेका छन्।
अग्नि नियन्त्रण सेवाका महानिर्देशक अली अहमद खानले १० बजपछि आगो लागेको हो। त्यहाँबाट १२ जनाको शव निकालिएको छ। मृतकको सङ्ख्या बढ्न सक्ने अधिकारीहरूले बताएका छन्। राजधानीको पुरानोसशहरी इलाकाको चोकबजारको एउटा भवनबाट आगो सुरू भएको थियो। उक्त भवनमा रासायनिक पदार्थको गोदाम पनि थियो।
आगो निभाउन ३७ वटा दमकलको प्रयोग गरिएको थियो। महानिर्देशक खानका अनुसार पूर्ण नियन्त्रणपछि भवनमा खोजी गरिनेछ। आगो लाग्नुको कारण थाहा भएको छैन।
खानले भने, ‘केहीले सिलिन्डर विस्फोट हुँदा आगो लागेको बताएका छन्। तर अनुसन्धानपछि मात्र सत्य थाहा हुनेछ। त्यहाँ प्लास्टिक र रासायनिक पदार्थ भएकाले आगो तीव्र रूपमा फैलिएको हो।’ उनले साँघुरो बाटो र पानीको अभावमा आगो नियन्त्रणमा अप्ठ्यारो परेको पनि बताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४