बिहीबार, असोज २९, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • माउन्टेन एभरेष्ट डिस्टिलरीले ल्यायो दुई नयाँ प्रिमियम ब्राण्ड ‘माउन्ट गोल्ड’ र ‘ब्ल्याक पर्ल’

माउन्टेन एभरेष्ट डिस्टिलरीले ल्यायो दुई नयाँ प्रिमियम ब्राण्ड ‘माउन्ट गोल्ड’ र ‘ब्ल्याक पर्ल’

 |  बिहीबार, असोज २९, २०८३

नेपाल समय

नेपाल समय

बिहीबार, असोज २९, २०८३

काठमाडौं । नेपालमा विगत १८ वर्षदेखि स्पिरिट्स उत्पादन गर्दै आएको माउन्टेन एभरेष्ट डिस्टिलरी लिमिटेडले आफ्नो उत्पादन पोर्टफोलियो विस्तार गर्दै बजारमा दुई नयाँ प्रिमियम ब्राण्ड सार्वजनिक गरेको कम्पनीले जनाएको छ। कम्पनीले प्रिमियम सेग्मेन्ट अन्तर्गत ‘माउन्ट गोल्ड’ २५ युपी प्रिमियम ह्विस्की र ‘ब्ल्याक पर्ल’ ३० युपी प्रिमियम भोड्का नेपाली बजारमा ल्याएको हो।

‘माउन्ट गोल्ड’ २५ युपी प्रिमियम ह्विस्कीले “गोल्डेन लाइट, एन्डलेस नेपाल” को अवधारणालाई आत्मसात् गर्दै नेपाली पहिचान र प्रिमियम जीवनशैलीलाई झल्काउने कम्पनीको दाबी छ। यो ह्विस्की ७५० मिलि, ३७५ मिलि र १८० मिलि प्याकमा उपलब्ध हुनेछ भने यसको मूल्य क्रमशः ३,००० रुपैयाँ, १,५०० रुपैयाँ र ७५० रुपैयाँ तोकिएको छ।

त्यसैगरी, आधुनिक प्रिमियम भोड्का सेग्मेन्टलाई लक्षित गरी “द पिक अफ प्युरिटी” भन्ने ब्राण्ड फिलासफीसहित ‘ब्ल्याक पर्ल’ ३० युपी प्रिमियम भोड्का बजारमा ल्याइएको छ। यसका पनि ७५० मिलि, ३७५ मिलि र १८० मिलि प्याकहरू उपलब्ध हुनेछन्, जसको मूल्य क्रमशः २,४०० रुपैयाँ, १,२०० रुपैयाँ र ६०० रुपैयाँ निर्धारण गरिएको छ।

आगामी विजयादशमी पर्वलाई लक्षित गर्दै यी दुवै नयाँ ब्राण्डहरू देशका प्रमुख शहरहरूमा उपलब्ध गराउने तयारी कम्पनीले गरेको छ। प्रारम्भिक चरणमा काठमाडौं र पोखरा लगायतका प्रमुख बजारहरू तथा चयन गरिएका प्रिमियम आउटलेटहरूमा यी उत्पादनहरूको प्लासमेन्ट गरिने जनाइएको छ।

कम्पनीका अनुसार यी दुई नयाँ ब्राण्डको सार्वजनिकले प्रिमियम पोर्टफोलियो विस्तारमा सहयोग पुग्नुका साथै नेपाली स्पिरिट्स बजारमा उपभोक्ताहरूलाई विभिन्न श्रेणीका गुणस्तरीय उत्पादनहरू उपलब्ध गराउने निरन्तर यात्रामा महत्वपूर्ण इँटा थपेको छ। आगामी दिनहरूमा पनि उपभोक्ताहरूको बदलिँदो रुचि र बजारको आवश्यकतालाई मध्यनजर गर्दै थप नयाँ तथा इनोभेटिभ उत्पादनहरू ल्याउँदै जाने कम्पनीको योजना रहेको छ।

प्रकाशित: Oct 15, 2026| 21:06 बिहीबार, असोज २९, २०८३
प्रतिक्रिया दिनुहोस्