काठमाडौं- आज संघीय संसदका चार समितिको बैठक बस्दैछ। आज प्रतिनिधि सभाका अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कानुन, न्याय तथा मानव अधिकार समिति र राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दैछ।
आज दिउसो १ बजेदेखि शुरु हुने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा नेपाल वायुसेवा निगमको सुधारका लागि भावी मार्गचित्र सम्बन्धमा र समिति अन्तर्गत गठित उपसमिति तथा कार्यदलमा सदस्यहरू छनौट गर्ने सम्बन्धमा छलफलको कार्यसूची रहेको छ।
त्यस्तै, आज बिहान साढे १० बजेदेखि शुरु हुने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा उद्योग वाणिज्य क्षेत्रमा देखिएका नीतिगत एवम् व्यवहारिक समस्याहरु सम्बन्धमा सरोकारवालाहरुसँग छलफलको कार्यसूची रहेको छ।
त्यसैगरी, आज विहान ११: ४५ देखि शुरु हुने कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा समितिमा प्राप्त विधेयक सम्बन्धि सिमित सचिवद्वारा जानकारी सम्बन्धमा, मेलमिलाप सम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३ माथि सैद्धान्तिक छलफल हुने कार्यसूची रहेको छ।
त्यस्तै आज बिहान १० बजेदेखि शुरु हुने राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा काठमाडौंको डल्लु स्थित संशोधन मण्डलको स्थलगत अवलोकनको विषयमा छलफलको कार्यसूची रहेको छ।