काठमाडौं- सूर्य नेपाल प्राइभेट लिमिटेडको सहायक कम्पनी सूर्य नेपाल भेन्चर्स प्राइभेट लिमिटेड (एसएनभीपीएल) ले नेपाली बजारमा ‘मंगलदीप सेन्ट ३ इन १’ अगरबत्ती सार्वजनिक गरेको छ। एउटै प्याकमा तीनवटा बेग्लै, प्रिमियम र अत्तर (पर्फ्युम) बाट प्रेरित सुगन्धहरू समावेश गरी यो अगरबत्ती बजारमा ल्याइएको हो।
गुणस्तर, नवीनता र उपभोक्ताको बदलिँदो रोजाइलाई ध्यानमा राख्दै कम्पनीले दैनिक पूजापाठ तथा क्रियाकलापहरूमा थप उत्कृष्ट अनुभव प्रदान गर्ने उद्देश्य राखेको छ। सूर्य नेपालको बलियो आधार, मूल्य र गुणस्तरको मानकका साथ एसएनभीपीएलले नेपाली उपभोक्ताको अपेक्षा पूरा गर्ने गरी अगरबत्ती श्रेणीमा आफ्नो उपस्थिति विस्तार गरिरहेको छ।
नयाँ उत्पादनबारे जानकारी दिँदै सूर्य नेपाल प्राइभेट लिमिटेडका प्रबन्ध निर्देशक गौरव तायलले भन्नुभयो, “मंगलदीप सेन्ट ३ इन १ ले नेपाली उपभोक्ताहरूसम्म नवप्रवर्तन र सोचविचार गरी बनाइएका उत्कृष्ट उत्पादन पुर्याउने हाम्रो प्रतिबद्धतालाई झल्काउँछ। अत्तरबाट प्रेरित सुगन्ध र कोइलामुक्त (चारकोल फ्रि) विशेषताका साथ हामी उपभोक्तालाई स्वास्थ्यकर एवम् अझ सुखद दैनिक अनुभव प्रदान गर्न चाहन्छौँ। यो नयाँ सुरुआतले नेपाली उपभोक्ताको चाहना बुझ्ने र सोहीअनुसार अघि बढ्ने हाम्रो निरन्तरको लगानीलाई पुनः पुष्टि गर्दछ।”
मंगलदीपले वर्षौँदेखि परम्परागत सुगन्ध र निरन्तरको गुणस्तरका साथ उपभोक्तामाझ एक विश्वासिलो नामको रूपमा पहिचान बनाएको छ। बदलिँदो जीवनशैली अनुसार ब्रान्डले अगरबत्तीको परम्परागत भूमिकाभन्दा माथि उठेर थप रमाइलो र मन्त्रमुग्ध पार्ने सुगन्धित अनुभव सिर्जना गर्दै आएको छ।
‘सेन्ट ३ इन १’ मार्फत मंगलदीपले परम्परा, सुगन्ध र आधुनिक संवेदनालाई एकै ठाउँमा ल्याएर भक्ति र पूजाको वातावरणलाई नयाँ रूप दिएको छ। यसमा अन्तर्राष्ट्रिय स्तरका पर्फ्युमहरूबाट प्रेरित भएर विशेष रूपमा तयार पारिएका तीन सुगन्धहरू— ‘एब्सोल्युट’ (Absolute), ‘रोयल’ (Royale) र ‘इन्टेन्सिटी’ (Intensity) समावेश छन्। अत्तरजस्तै सुगन्ध हुनुका साथै यो अगरबत्ती कोइलामुक्त छ, जसले उपभोक्तालाई अगरबत्ती श्रेणीमा एउटा स्वस्थ विकल्प प्रदान गर्दछ। यसको सुगन्ध लामो समयसम्म टिकिरहने भएकाले समग्र वातावरणलाई लामो समयसम्म सुवासित बनाइराख्छ। प्रत्येक सुगन्धको आफ्नै छुट्टै विशेषता रहेकाले उपभोक्ताले आफ्नो मुड, अवसर वा व्यक्तिगत रोजाइ अनुसार बेग्लाबेग्लै प्याक नकिगीकनै एउटै प्याकबाट विभिन्न सुगन्ध छनोट गर्न सक्नेछन्।
यी तीनवटै सुगन्धका कारण ‘सेन्ट ३ इन १’ पूजापाठका साथै घर वा बस्ने ठाउँलाई सुवासित बनाउन चाहने उपभोक्ताका लागि बहुउपयोगी विकल्प बनेको छ। नयाँ अगरबत्तीको बिक्री वितरण नेपालभरका जनरल ट्रेड तथा मोdern ट्रेडसहितका खुद्रा पसलहरूमा सुरु भइसकेको छ र यसको मूल्य रु. १०० र रु. २०० निर्धारण गरिएको छ।
मंगलदीपको पोर्टफोलियोमा रोज चन्दन, चम्पा, अर्पण ज्यास्मिन, म्यारिगोल्ड र ल्याभेन्डर जस्ता लोकप्रिय अगरबत्तीहरू पहिलेदेखि नै बजारमा उपलब्ध छन्।