शुक्रबार, असोज १६, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • प्रभु बैंकका ग्राहक र कर्मचारीलाई 'रुस्काज ब्युटी स्टुडियो'मा विशेष छुट

प्रभु बैंकका ग्राहक र कर्मचारीलाई 'रुस्काज ब्युटी स्टुडियो'मा विशेष छुट

 |  शुक्रबार, असोज १६, २०८३

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज १६, २०८३

काठमाडौं । प्रभु बैंक लिमिटेड र कमलादी, काठमाडौंस्थित 'स्कूल अफ ब्युटीसियन आईटीसी स्किल डेभलपमेन्ट ट्रेनिङ सेन्टर, रुस्काज ब्युटी स्टुडियो' बीच बैंकका ग्राहक तथा कर्मचारीहरूलाई सौन्दर्यसम्बन्धी विभिन्न सेवामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ।

एक समारोहका बीच रुस्काज ब्युटी स्टुडियोकी प्रमुख कार्यकारी अधिकृत रुस्का वैद्य श्रेष्ठ र प्रभु बैंक लिमिटेडका तर्फबाट बागमती प्रदेशका प्रमुख प्रदेश अधिकारी प्रर्चिता श्रेष्ठले समझदारीपत्रमा हस्ताक्षर गरेका छन्। उक्त कार्यक्रममा प्रभु बैंक कमलादी शाखाकी अधिकृत राधा गुरुङ तथा रुस्काज ब्युटी स्टुडियोका प्रबन्ध निर्देशक रवि भक्त श्रेष्ठको समेत उपस्थिति रहेको थियो।

सम्झौता अनुसार प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरूले रुस्काज ब्युटी स्टुडियोमा हेयर कटिङ, थ्रेडिङ, ब्युटी क्लास, हेयर केमिकल, फेसियल तथा स्किन ट्रिटमेन्ट, नेल, म्यानिक्योर, प्याडिक्योर, म्याक्सिङ, मेकअप प्याकेज र कस्मेटिक/स्किन केयर प्रोडक्ट जस्ता सौन्दर्यसम्बन्धी सेवाहरूमा विशेष छुट प्राप्त गर्नेछन्।

सो सेवा लिँदा बैंकका ग्राहकहरूले ५ प्रतिशतदेखि २० प्रतिशतसम्म र बैंकका कर्मचारीहरूले ५ प्रतिशतदेखि ३० प्रतिशतसम्म छुट पाउनेछन्। छुट सुविधा प्राप्त गर्नका लागि ग्राहकहरूले बैंकको मान्य डेबिट कार्ड, क्रेडिट कार्ड वा विद्युतीय भुक्तानी प्रणालीमार्फत भुक्तानी गर्नुपर्नेछ भने कर्मचारीहरूले प्रभु बैंकको कर्मचारी परिचयपत्र पेस गर्नुपर्नेछ।

प्रकाशित: Oct 02, 2026| 16:52 शुक्रबार, असोज १६, २०८३
प्रतिक्रिया दिनुहोस्