शुक्रबार, असोज १६, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • कुमारी बैंकका ग्राहकलाई 'रमदा एन्कोर' होटेलमा २० प्रतिशतसम्म छुट

कुमारी बैंकका ग्राहकलाई 'रमदा एन्कोर' होटेलमा २० प्रतिशतसम्म छुट

 |  शुक्रबार, असोज १६, २०८३

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज १६, २०८३

काठमाडौं । कुमारी बैंक लिमिटेड र ठमेल, काठमाडौंस्थित 'रमदा एन्कोर बाइ विन्डम' होटेलबीच कुमारी बैंकका ग्राहकहरूलाई विशेष छुट र सुविधा प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ। सम्झौता अनुसार कुमारी बैंकका डेबिट वा क्रेडिट कार्डवाहक तथा कुमारी स्मार्ट मोबाइल बैंकिङ प्रयोगकर्ताहरूले रमदा एन्कोरको होटेल तथा रेस्टुरेन्टका खाना, पेय पदार्थ र स्पामार्फत लिने सेवाहरूमा १५ प्रतिशतदेखि २० प्रतिशतसम्म छुट प्राप्त गर्नेछन्।

यसका साथै ग्राहकहरूलाई होटेलका विभिन्न सेवा सुविधाहरू लिन सहज होस् भन्ने उद्देश्यले किस्ताबन्दी सुविधासमेत उपलब्ध गराइने भएको छ। होटेलमा वार्षिक रूपमा न्यूनतम १५ हजार रुपैयाँ खर्च गर्ने ग्राहकहरूले आफ्नो जन्मदिनमा नि:शुल्क केक प्राप्त गर्नेछन् भने पारिवारिक जमघट तथा कार्यक्रमहरू आयोजना गर्दा लाग्ने केक र कर्केज शुल्कसमेत नलाग्ने व्यवस्था गरिएको छ।

त्यसैगरी, रेस्टुरेन्टमा वार्षिक ५० हजार रुपैयाँ खर्च गर्ने कुमारी बैंकका ग्राहकहरूलाई एक दिनको लागि नि:शुल्क कोठा उपलब्ध गराइनेछ। बैंकका ग्राहकहरूलाई लक्षित गर्दै होटेलले 'फ्यामिली डे आउट प्याकेज' र 'फ्यामिली स्टे प्याकेज'मा समेत विशेष छुटको व्यवस्था गरेको छ।

विगत २५ वर्षदेखि निरन्तर रूपमा आधुनिक तथा प्रभावकारी बैंकिङ सेवा प्रदान गर्दै आएको कुमारी बैंकले देशभर रहेका २९९ शाखा सञ्जाल, ३०९ एटिएम, ६१ एक्सटेन्सन काउन्टर तथा ४० शाखा रहित बैंकिङ इकाईहरूमार्फत सेवा दिइरहेको छ। आगामी दिनहरूमा पनि ग्राहकहरूका लागि अझ सरल, सुलभ र उत्कृष्ट सेवा प्रदान गर्न यस्ता सहकार्यहरूलाई निरन्तरता दिँदै जाने प्रतिबद्धता बैंकले जनाएको छ।

प्रकाशित: Oct 02, 2026| 16:50 शुक्रबार, असोज १६, २०८३
प्रतिक्रिया दिनुहोस्