मंगलबार, असोज १३, २०८३

नेप्सेमा आजपनि गिरावट, ४ अर्ब ६५ करोडको कारोबार

 |  मंगलबार, असोज १३, २०८३

नेपाल समय

नेपाल समय

मंगलबार, असोज १३, २०८३

काठमाडौँ। नेप्सेमा आज गिरावट आएको छ। आज मंगलबार नेप्से ९.६२ अंकले घटेर २६०३.७१ विन्दुमा पुगेर रोकिएको छ।

आज ३६३ कम्पनिका एक करोड १० लाख ६९ हजार ७४ कित्ता शेयर ४ अर्ब ६५  करोड ४८ लाख ७५ हजार ४५ मा कारोबार भएको थियो। आज निर्जीव वीमा र अन्य बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ।

आज, सबैभन्दा बढी आइसिएफ़एसी डिभेन्चर २०८३ को शेयर ९.१८ प्रतिशतले बढेको छ भने सयपत्री हाइड्रोको शेयर ६.७९ प्रतिशतले बढेको छ। त्यस्तै आज सबै भन्दा बढी सिटिजन सुपर ३० म्युचुअल सुपर फन्डको शेयर ५.४४ प्रतिशतले घटेको छ।

त्यस्तै आज सबै भन्दा बढी हिमालयन डिष्टीलरीको २२ करोड ९९ लाख बराबरको कारोबार भएको छ भने शिभम सिमेन्टको १७ करोड २५ लाख बराबरको कारोबार भएको छ।

प्रकाशित: Sep 29, 2026| 15:58 मंगलबार, असोज १३, २०८३
प्रतिक्रिया दिनुहोस्