काठमाडौं- हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ। देशभर मनसुनी वायु, पश्चिमी वायुको साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय क्षेत्रको समेत प्रभाव रहेको छ।
कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको बाँकी हिमाली भूभागमा साधारणतया बादल, पहाडी भूभागमा आंशिक बादल र तराई भुभागमा मौसम मुख्यतया सफा रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एकरदुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो देशभर आंशिक बादल लाग्नेछ। देशका हिमाली र पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। सुदुरपश्चिम प्रदेशको तराई भूभागका थोरै स्थान तथा कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भूभागका एकरदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ।
आज राति देशका हिमाली र पहाडी भूभागमा तथा सुदुरपश्चिम र लुम्बिनी प्रदेशको तराई भुभागमा आंशिक बादल लाग्ने र बाँकी तराई भूभागमा मौसम मुख्यतया सफा रहने छ। देशका हिमाली र पहाडी भूभागका एकरदुई स्थानमा मध्यमसम्मको वर्षारहिमपातको सम्भावना छ।