शुक्रबार, भदौ १९, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • फेसबुकको त्यो लाइक जसले अलमुताइरीलाई ल्यायो विवादको 'डी एरिया'मा

फेसबुकको त्यो लाइक जसले अलमुताइरीलाई ल्यायो विवादको 'डी एरिया'मा

'त्यो सबै घटना सुनेपछि त मलाई हाँसो पनि लाग्यो। दुवै पक्षले यस्तो होला, उस्तो होला भनेर अनुमान लगाएकै भरमा विवाद अघि बढेको रहेछ,’ कर्णिकारले नेपाल समयसँग भने।
 |  बुधबार, भदौ २, २०७८

विनय सापकोटा

विनय सापकोटा

बुधबार, भदौ २, २०७८

काठमाडौं- नेपाली राष्ट्रिय टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले साउन १० गते एन्फाको गेटबाहिर चुरोट पिउँदै गर्दा उनलाई दुई पत्रकारले प्रश्न गरे- ‘एन्फाको गेटबाहिर चुरोट पिउन मिल्छ, किन पिएको?’ ‘मेरो खेल डटकम’का पत्रकार विभु श्रेष्ठ र विभा थापाको प्रश्नमा प्रशिक्षक आलुताइरी सिधा जवाफ दिएनन्। 

अलमुताइरीले अपशब्द प्रयोग गरेको दाबी गर्दै मेरो खेलले समाचार प्रकाशित गर्‍यो। उक्त समाचार फेसुबकमा सेयर पनि गरियो। फेबसकुमा सेयर गरेको उक्त समाचार र पत्रकार थापाले लेखेको स्टाटस वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङले लाइक गरेको प्रशिक्षकले पनि देखेका थिए। सामाजिक सञ्जालमा आफूसम्बन्धी आएका प्रतिक्रिया खोजीखोजी पढ्न रुचाउने प्रशिक्षकले त्यो लाइक देखेपछि चिढिएका थिए।

त्यसपछि उनले आफ्नो सर्कलमा छलफल गरेर वरिष्ठ उपाध्यक्षबाट दबाब आइरहेको निष्कर्ष निकाल्दै फेसबुकमा एक स्टाटस लेखे। उनले आफूलाई दबाब आइरहेको कुरा मात्र लेखेनन्। जे लेखे, त्यो नेपाली फुटबल समर्थकले सोचेभन्दा बहिरको कुरा थियो।

'मैले एन्फाका वरिष्ठ उपाध्यक्षका कारण राजीनामा दिन लागेको हुँ। पछिल्लो तीन हप्तामा उनले मप्रति धेरै नाटक गरिरहेका छन्,’ उनले फेसबुकमा लेखेका थिए, ‘म एन्फा (मुख्य प्रशिक्षक)बाट राजीनामा दिन जाँदैछु।’

प्रकाशित: Aug 18, 2021| 14:00 बुधबार, भदौ २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।