काठमाडौं। नेप्सेमा आज गिरावट आएको छ। आज बुधबार नेप्से ३६.२५ अंकले घटेर २६१८.०३ विन्दुमा पुगेर रोकिएको छ।
आज ३५२ कम्पनिका २ करोड १६ लाख २२ हजार ७२८ कित्ता शेयर ६ अर्ब ३५ करोड ६६ लाख ११ हजार ३९५ मा कारोबार भएको थियो। आज सबै क्षेत्रको शेयर मुल्य घटेको छ।
आज, सबैभन्दा बढी धौलागिरी लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ भने सिवाईसी नेपाल लघुवित्तको शेयर ५.४४ प्रतिशतले बढेको छ। त्यस्तै आज सबै भन्दा बढी फर्स्ट माइक्रो फाइनान्स लघुवित्तको शेयरमा ८.५४ प्रतिशतले घटेको छ।
त्यस्तै आज सबै भन्दा बढी शिभम सिमेन्टको ३८ करोड ३४ लाख बराबरको कारोबार भएको छ भने रिलायन्स स्पिनिंग मिल्सको २१ करोड २५ लाख बराबरको कारोबार भएको छ।