मंगलबार, असोज ६, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • छिन-छिनमा सर्भर डाउन हुँदा भन्सार कार्यालयको कामकाजमा समस्या

छिन-छिनमा सर्भर डाउन हुँदा भन्सार कार्यालयको कामकाजमा समस्या

 |  मंगलबार, असोज ६, २०८३

नेपाल समय

नेपाल समय

मंगलबार, असोज ६, २०८३

काठमाडौं। सरकारको सबैभन्दा ठूलो राजस्वको सोत्र मानिने भन्सार निकाय लामो समयदेखि सिथिल अवस्थामा छ। तर, भन्सार कार्यालयको काम भन्ने दिनहुँ समस्या झेल्दै आइरहेको छ। देशभरका प्रमुख भन्सार कार्यालयको काम प्राविधिक समस्या (सर्भर डाउन) ले दिनहँु जस्तो काम रोखिन्छ। दिनमा दुई/तीन पटक अर्थवा एक÷दुई घण्टासम्म सर्भर डाउन हुँदा कतिपय भन्सार कार्यालयको कामकाज नै थप हुने गरेको छ। 

दैनिक दुई/तीन पटकलगायत केही घण्टासम्म सर्भर डाउन हुँदा कामकाजमा निकै समस्या हुने गरेको भन्सार कार्यालयहरूले जनाएका छन्। कार्यालयमा साँझको समय मालवाहक गाडीहरू भित्रिने समयमै सर्भर डाउन हुने समस्या बढी हुने गरेको छ। 

मेची भन्सार कार्यालयका कम्प्युटर अधिकृत जीतेन्द्र कुमार लाभले भने,‘ठ्याक्कै टाइमिङ यहीँ हो भने त सकिदैंन। बेलुका बेलुका जति बेला भन्सारका कामहरू हुन्छ। दिउँसो २ बजेबाट सुरु भएर बेलुका ४ बजे पेसर नै हुन्छ। वास्तवमा भन्सारमा यस्तो बेला सर्भर डाउन हुन्छ। फेरी तुरुन्तै सेकेन्ड भरीमै आउन पनि आउँछ। कहिले काहीँ डाउन भएर १० मिनेटमा पनि आउँछ। यसको प्यारा मिटर के हो। बुझन पनि गाह्रो छ ?’ 

कुनै समय एक हप्तासम्म पनि सर्भर डाउन हुने गर्दछ भने, दिनमा दुई/तीन पटकसम्म पनि डाउन हुने गरेको उनले बताए। 

विराटनगर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत उमेश श्रेष्ठका अनुसार गत वर्ष सर्भर डाउन हुँदा निकै समस्या भए पनि अहिले आउने जाने भई रहन्छ। 

उनले भने,‘कहिले कहीँ आउने जाने भई नै राखेको हुन्छ। ठ्याक्कै यर्हीँ समय भने छैन। ४/५ बजे तिर पिक आवरमा अलि समस्या हुन्छ। लिङ्क गहि रहने हुन्छ। दुई÷चार मिनेट चलाएन भने लिङ्क गहि हाल्ने भइराखेको छ। रेगुलर चलाएन भने लिङ्क आउट भई हाल्छ।’ 

उनका अनुसार दिनमा एक/दुई पटक जाने आउने कहिले कहीँ घण्टौँ समयसम्म पनि डाउने हुने गरेको छ। उनले भने,‘दिनमा आठ÷दश पटक खोली राख्नुपर्ने हुन्छ। जति खेर पनि जाने आउने गर्छ।’

भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलका अनुसार भन्सार प्रणालीमा प्रयोग भइरहेको अनलाइन सर्भर र सफ्टवेयरमा बेलाबेलामा प्राविधिक समस्या देखिने गरेको छ।

भन्सार प्रक्रियालाई चुस्त बनाउन मुख्य भन्सार प्रक्रिया सफ्टवेयरमा अन्य विभिन्न प्रणालीहरू जोड्दै लैजाँदा प्रणालीमा बेलाबेला जटिलता र समस्या देखिने गरेको उनले बताए। 
उनका अनुसार कुनै–कुनै दिन सर्भरमा दुई/तीन घण्टासम्म असर पर्ने गरेको र दिनमा केही पटक जाने–आउने समस्या देखिने गरेको छ। 

यात्रुहरूलाई पर्न सक्ने सास्ती कम गर्न र अस्थायी पैठारी प्रक्रियालाई सहज बनाउन नयाँ प्रणाली लागू गरिएको बताउँदै अधिकृत पौडेले जसले गर्दा सर्वसाधारण तथा यात्रुहरूले धेरै पर्खनुपर्ने अवस्थाको अन्त्य भएको बताए। 

आइटी टोली तथा सम्बन्धित विज्ञहरूले हाल देखिएका प्राविधिक समस्याहरू समाधान गर्न र प्रणालीलाई निरन्तर चुस्त राख्ने प्रयास गरिरहेको उनको भनाइ छ।

भन्सार विभागका महानिर्देशक यमलाल भूसालले भन्सार जाँच पास तथा प्रणालीमा देखिने प्राविधिक समस्याहरू तत्काल समाधान गर्न विभागको सूचना प्रविधि (आइटी) टोली निरन्तर सक्रिय रहेको बताए। 

विशेष गरी दिउँसो तथा साँझको समयमा प्रणालीमा बढी चाप पर्ने भएकाले बेला–बेलामा प्राविधिक समस्या देखिने गरेको स्वीकार गर्दै उनले त्यसलाई यथाशीघ्र हल गर्ने गरिएको जानकारी दिए। 

भन्सार विभागमा 'आसिकुडा’ र 'नेपाल सिङ्गल विन्डो’ जस्ता मुख्य प्रणालीहरू सञ्चालनमा रहेका छन्। पुरानो प्रणालीलाई नयाँले विस्थापन गर्न समय लाग्ने भएकाले दीर्घकालीन सुधारका लागि योजनाबद्ध रूपमा काम भइरहेको महानिर्देशक भूसालले बताए। 

विभागले भन्सार क्षेत्रको व्यापक सुधारका लागि 'सातौँ भन्सार सुधार तथा आधुनिकीकरण योजना’ ९पाँच वर्षे योजना० कार्यान्वयनमा ल्याएको र यसले पूर्वाधार तथा प्रणाली सुधारमा ठूलो सहयोग पुर्‍याउने देखिन्छ।  तत्कालका लागि भने प्रणालीमा आउने जुनसुकै समस्यालाई तत्काल समाधान गर्दै सेवालाई सहज बनाउने रणनीति विभागले लिएको जनाएको छ।

प्रकाशित: Sep 22, 2026| 17:57 मंगलबार, असोज ६, २०८३
प्रतिक्रिया दिनुहोस्