सोमबार, चैत २, २०८२

पाकिस्तानी समुहको आक्रमणबाट १२ भारतीय सैनिकको मृत्यु 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
नयाँ दिल्ली- भारत प्रशासित काश्मिरमा सरकारी सुरक्षा फौजलाई लक्षित गरी गरिएको आक्रमणमा परी कम्तिमा १२ जना भारतीय सुरक्षाकर्मीको मृत्यु भएको छ । 

काश्मिरको प्रमुख शहरबाट करिब २० किलोमिटर टाढा राजमार्गमा गुडिरहेको सैनिक गाडीहरूको समूहलाई लक्षित गरी थापिएको विद्युतीय धरापमा परी बिहीबार १२ सुरक्षाकर्मीको मृत्यु भएको  भारतीय सञ्चार माध्यमले जनाएका छन् । 

भारतीय समाचार संस्था पीटीआईले उक्त आक्रमणबाट १८ जना सुरक्षाकर्मीको मृत्यु भएको बताएको छ । आक्रमणमा परी केही सुरक्षाकर्मी घाइते भएका भएपनि उनीहरूलाई घटनास्थलबाट तत्काल उपचारका लागि अस्पताल पठाइएको छ । 

स्थानीय सञ्चारमाध्यमहरूले जनाएअनुसार घटनाको पाकिस्तानमा सक्रिय जैस–ए– मोहम्मद इस्लामिक समूहले जिम्मेवारी लिएको छ । समूहका प्रवक्ताले घटनाको पुष्टि गर्दै “भारतीय सैनिकलाई लक्षित गरी भएको आत्मघाती आक्रमणमा आफ्नो वाकास कमाण्डो भनिने आदिल अहमदले गराएको उनी जैस–ए– मोहम्मद इस्लामिक समूहका लडाकू रहेको” स्थानीय सञ्चारमाध्यमलाई पठाइएको प्रेस विज्ञप्तिमा उल्लेख छ । 

यो भारतीय सुरक्षाकर्मीमाथि विगत दुई बर्षमा भएको सबैभन्दा ठुलो आक्रमण हो । भारतको काश्मिरमा करिब पाँच लाख सैनिक कार्यरत छन् भने उक्त स्थानमा सन् १९४७ मा बेलायत भारतबाट फर्केपछि पाकिस्तान र भारतबीच सीमा विवादका कारण भएको विवादका कारण प्राय अशान्त रहँदै आएको छ ।  एएफपी
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।