शनिबार, साउन १६, २०८३

नेपाललाई म्यानमारसँग बदला लिँदै पहिलो उपाधि जित्ने मौका

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- नेपाली महिला राष्ट्रिय फुटबल टोलीले भारतमा जारी हिरो महिला फुटबलको उपाधिका लागि आज (शुक्रबार) प्रतियोगिताको बलियो टोली म्यानमारको समना गर्दै छ । खेल नेपाली समय अनुसार साँझ ६:१५ बजे सुरु हुने छ । 

फाइनल खेलमा आज नेपालले म्यानमारसँग पहिलो खेलमा व्यहोरेको हारको बदला लिने दाँउका हुनेछ । यता म्यानमार भने पहिलो खेलमा नेपाललाई ३-० ले पराजित गरेको उच्चमनोवलका साथ मैदानमा उत्रिने छ । 

म्यानमार प्रतियोगिताका तीने वटै खेले जितेको टोली हो भने नेपालले दुई खेल जित्दै फाइनल पुगेको थियो । पछिल्ला दुई खेलमा लगातार जित हात पार्दै फाइनल पुगेको नेपाल उच्च मानोवलका साथ म्यानमारको सामना गर्ने छ । 

नेपालसँग भारत जस्तो टोलीलाई २-१ ले पराजति गर्दै इतिहार रचेको उच्चमनोवल छ । नेपाली महिला टिमकी गोल मसिन सावित्रा भण्डारी जारी प्रतियोगितामा सर्वाधिक गोकर्ताको रुपमा रहेकी छिन् । उनको प्रदर्शनले पनि नेपाली टिमलाई थप फाइदा पुग्ने बुझ्न सकिन्छ ।

नेपालमा हुन लागेको पाँचौ साफ च्याम्पियनसिप फुटबलको तयारीमा रहेको नेपालले साफ अघि विदेशी प्रतियोगिता खेलेको हो । भारत पनि साफ च्याम्पियनसिप र ओलम्पिकको तयारीमा रहेकाले नेपाल सहित म्यानमार र इरानलाई बोलाएर हिरो महिला लिगको आयोजना गरेको हो । 

फिफा वरियतामा ४४ औैं स्थानमा म्यानमार रहँदा इरान ६० तथा भारत ६२ औं स्थानमा थिए ।

प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।