काठमाडौं। कर्णाली शिवराज जारी नेपाल भलिबल लिग (एनभीएल) को फाइनलमा पुगेको छ।
शुक्रबार सम्पन्न प्लेअफ खेलमा काठमाडौं रेड्सलाई ३-१ को सेटमा पराजित गर्दै कर्णाली फाइनलमा पुगेको हो।
कर्णालीले काठमाडौं रेड्सलाई २५-२१, २०-२५, २५-२३ र २५-२२ को सेटमा पराजित गरेको हो। यो हारसँगै काठमाडौं रेड्स प्रतियोगिताबाट बाहिरिएको छ।
अब फाइनल खेल कर्णाली र अन्नपूर्ण स्पाइकर्स किंगबीच शनिबार दिउसो ४ बजे त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप)को कभर्ड हलमा हुने तालिका छन्।
केडिया समूहद्वारा आयोजित लिगमा ६ टोलीको सहभागिता रहेको थियो। नेपाली पुरुष भलिबलमा पहिलोपटक आयोजना गरिएको फ्रेन्चाइज लिगको विजेताले २० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ। यो नेपाली भलिबलमा अहिलेसम्मकै सर्वाधिक नगद पुरस्कार हो।