एजेन्सी- नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित टिम मेलबर्न स्टार्स बिग बास लिगको फाइनलमा प्रवेश गरेको छ । बिहिबार भएको सेमिफाइनलमा होबर्ट हुरिकेन्सलाई ६ विकेटले पराजित गर्दै मेलबर्नले फाइनमा आफ्नो स्थान सुरक्षित गरेको हो ।
अब हुने फाइनल खेलमा मेलबर्नले सिड्नी सिक्सर्स र मेलबर्न रेनेगाड्सबीचको बिजेतासंग पतिस्पर्धा गर्ने छ । होबर्ट हुरिकेन्सले दिएको १५४ रनको लक्ष्य मेलबर्नले १८ दशमलब ५ ओभरमा १७ बल बाँकी रहदै पुरा गर्यो । मेलबर्नका लागि कप्तान ग्लेन म्याक्सवेलले सर्वाधिक ४३ रन बनाए ।
यस्तै सेब कोट्च ३३ रन बनाउदा पिटर ह्याण्ड्सकम्बले ३५, निक म्याडिस्सन र मार्कस स्टोइनिसले समान १८-१८ रन जोड्न सफल भए । बलिङ तर्फ होबर्टका कुईस अहमेदले ३ तथा ज्याफ्रा आर्चरले १ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको होबर्टले पुरै २० ओभर खेल्दै ७ विकेट गुमाएर १५३ रन बनाएको थियो । होबर्टका लागि बेन म्याकडर्ममोटले अर्धशतकीय इनिङस खेल्दै ५३ रन बनाए ।
यस्तै जर्ज बेलीले ३७ र माथ्यु सर्टले ३५ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो रन बनाउन सकेनन् । आजको खेलमा सन्दीपले पुरै ४ ओभर बलिङ ३१ रन खर्चिएर विकेट भने लिन सकेनन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४