शुक्रबार, भदौ २६, २०८३

एनभीएलको प्लेअफमा आज कर्णाली र काठमाडौंबीच खेल हुँदै

 |  शुक्रबार, भदौ २६, २०८३

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ २६, २०८३

काठमाडौं- जारी नेपाल भलिबल लिग (एनभीएल) मा आज प्लेअफको खेल हुदैछ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आज साँझ ६ बजे कर्णाली शिवराज र काठमाडौँ रेड्सबीच प्लेअफको खेल हुदैछ। यस खेलको विजेताले फाइनलमा अन्नपूर्ण स्पाइकर किंग्ससँग खेल्ने छ। फाइनल खेल शनिबार दिउसो ४ बजेदेखि शुरु हुदैछ।

एनभीएलमा सगरमाथा स्माशर्स, मधेश वारियर्स र खप्तड फाल्कन्स भने प्रतियोगिताबाट बाहिरिएका छन्।

प्रकाशित: Sep 11, 2026| 08:09 शुक्रबार, भदौ २६, २०८३
प्रतिक्रिया दिनुहोस्