काठमाडौं- क्रिकेट, साग, फुटबल एवं वल्ड च्याम्पियनसिपमा सफलता प्राप्त गर्ने खेलाडी, प्रशिक्षक तथा अफिसियललाई सरकारले पुरस्कारस्वरुप एक करोड ५६ लाख प्रदान गर्ने भएको छ ।
यही माघ २५ गते बसेको मन्त्रिपरिषद्को बैठकले गरेका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले सरकारले राष्ट्रिय खेलकूद विकास विधेयक, २०७५ सङ्घीय संसद्मा पेश गर्न स्वीकृति दिने निर्णय गरेको जानकारी दिएका हुन् ।
‘सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन निर्दे्शिका, २०७५ र बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समिति (गठन) (पहिलो संशोधन) आदेश, २०७५ स्वीकृत गर्ने भएको छ’, मन्त्री बाँस्कोटाले भने ।
जसमा क्रिकेट खेलाडीलाई पूर्व घाेषित जनही पाँच लाख, मुख्य प्रशिक्षकलाई तीन लाख, अफिसियललाई जनही दुई लाख रकम दिने निर्णय गरेकाे छ। युएइ विरूद्दकाे एकदिवसिय र टी-२० सिरीज जितेपछि खेलाडीलाइ जनही ५ लाखकाे पुरस्कारका लागि युवा तथा खेलकुद मन्त्रालयले गरेकाे सिफारिस पारित गरेकाे हाे ।
त्यस्तै फुटबल खेलाडीलाई दुई लाख र शारीरिक सुगठन प्रतियोगिताका विश्व च्याम्पियन बनेका महेश्वर महर्जनलाई पाँच लाख दिने निर्णय गरेको मन्त्री बाँस्कोटाले जानकारी गराए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४