बुधबार, भदौ २४, २०८३

धादिङमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

 |  बुधबार, भदौ २४, २०८३

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २४, २०८३

धादिङ- धादिङको थाक्रे गाउँपालिका–१ खयरघारीस्थित पृथ्वी राजमार्गमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

बुधबार बिहान गल्छीतर्फबाट काठमाडौँ जाँदै गरेको बा ५७ प ४३२२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल खस्दा दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा मोटरसाइकल चालक गल्छी गाउँपालिका–५ सागिनेका ३३ वर्षीय मंगले भनिने हरि तामाङ र पछाडि सवार सोही ठाउँका २२ वर्षीय दिनेश तामाङको मृत्यु भएको छ।

दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: Sep 09, 2026| 13:51 बुधबार, भदौ २४, २०८३
प्रतिक्रिया दिनुहोस्