मंगलबार, असार २३, २०८३

मेस्सीले आँसु पुछेको टिस्यु पेपर १० लाख डलरको लिलामीमा

बार्सिलोनाको २१ वर्षे यात्रापछि क्याटलान क्बलबाट बिदाइ पाएका अर्जेन्टिनी फुटबल स्टार लियोनेल मेस्सीले पत्रकार सम्मेलनमा आँसु पुछ्न प्रयोग गरेको टिस्यु पेपर लिलामीमा राखिएको छ।
 |  मंगलबार, भदौ १, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ १, २०७८

काठमाडौं– बार्सिलोनाको २१ वर्षे यात्रापछि क्याटलान क्बलबाट बिदाइ पाएका अर्जेन्टिनी फुटबल स्टार लियोनेल मेस्सीले पत्रकार सम्मेलनमा आँसु पुछ्न प्रयोग गरेको टिस्यु पेपर लिलामीमा राखिएको छ। 

पत्रकार सम्मेलनमा निकै भावुक देखिएका मेस्सी कार्यक्रमकै दौरान पोडियमअघि रोएका थिए। आँसु पछ्नका लागि उनकी श्रीमती एन्टोनेला रोकुज्जोले टिस्यु पेपर दिएकी थिइन्। त्यही टिस्यु पेपर अहिले लिलामीमा राखिएको हो।

त्यसको आधार मूल्य १० लाख अमेरिकी डलर तोकिएको छ। त्यो टिस्यु पेपर पत्रकार सम्मेलनमा उपस्थित एक जनाले राखेका थिए। अहिले उनले त्यो पेपरलाई अनलाइन विज्ञापनमा राख्दै बिक्री गर्न चाहेको जनाएका छन्। भर्खरै मात्र अनलाइन अन्तर्राष्ट्रिय ई–कमर्स प्लेटफर्म मिकेडुओले अक्सनबारे सूचना सार्वजनिक गरेको थियो।

सूचना अनुसार त्यहाँ मेस्सीको डीएनए छ, जसलाई उनीजस्तै खेलाडीको क्लोनिङ गर्न पनि प्रयोग गर्न सकिन्छ। बार्सिलोना क्लबका सर्वाधिक उपाधि विजेता र गोलकर्ता मेस्सी अहिले पीएसजीमा छन्। उनले पीएसजीमा ३० नम्बरको जर्सी लगाउने भएका छन्।


प्रकाशित: Aug 17, 2021| 18:36 मंगलबार, भदौ १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।