बुधबार, चैत २५, २०८२

कर्णालीमा एक लाखको ‘मुख्यमन्त्री रनिङ सिल्ड’

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
सुर्खेत- कर्णाली प्रदेशमा पहिलो पटक भएको ‘मुख्यमन्त्री रनिङ्ग सिल्ड’ महिला तथा पुरुष भलिबल प्रतियोगिताको दोस्रो दिन आजपनि पहिलो चरणका खेलहरु भइरहेका छन्।

बिहीबार बिहान भएको पुरुषतर्फ कालिकोट र दैलेख बिचभएको पहिलो खेलमा दैलेख विजयी भएको छ। त्यस्तै सुर्खेत र डोल्पा विचको खेलमा सुर्खेतले जित हात पारेको छ। आजनै भएको जाजरकोट र मुगु विचको तेस्रो लेखमा जाजरकोटले सफलता मिलेको छ। 

त्यस्तै महिलातर्फ जुम्ला र डोल्पा बिचको खेलमा जुम्ला विजयी भएको छ। सल्यान र मुगु बिचको भएको दोस्रो खेलमा सल्यानले जित हात पारेको प्रचार–प्रसार संयोजक अम्मर चन्दले जानकारी दिए।

खेल निर्णायक मंगल श्रेष्ठका अनुसार आज दिउँसोदेखि नै दोस्रो चरणका खेलहरु हुनेछन्। प्रदेशस्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगितामा दश वटै जिल्लाका २० टिमको सहभागिता रहेको छ। 

प्रतियोगितामा प्रथम हुने पुरुष तथा महिला टिमले एक÷एक लाख पुरस्कार र पदक प्राप्त गर्नेछन्। यस्तै, द्वितीय हुनेले ७५ हजार र तृतीय हुनेले ५० हजार नगद र पदक प्राप्त गर्नेछन्। 

यही ४ गतेसम्म चल्ने प्रतियोगिताका लागि सामाजिक विकास मन्त्रालयले ५० लाख बजेट छुट्याएको छ। मन्त्रालयले हुम्ला र डोल्पाका खेलाडीको हवाई भाडा दिने र अन्य सबै सहभागी खेलाडीलाई दैनिक एक हजार भत्ता र आउने जाने भाडा उपलब्ध गराएको छ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।