बुधबार, चैत २५, २०८२

दिपेन्द्रको उत्कृष्ट ब्याटिङमा अत्तरियाको दोस्रो जित

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
फाइल तस्बिर
धनगढी-सिवाईसी अत्तरियाका कप्तान दिपेन्द्र ऐरीको उत्कृष्ट प्रदर्शनमा अत्तरियाले रुपन्देहि च्यालेन्जर्सलाई ३९ रनले पराजित गरेको छ । फाप्ला क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको अत्तरियाले पुरै २० ओभर खेल्दै ९ विकेटको क्षेतिमा १ सय २१ रन बनाउन सफल भएको थियो ।

१ सय २२ रनको लक्ष्य पछउने क्रममा रुपन्देहिले २० ओभरमा अल आउट हुदै मात्र ८२ रनमा समेटियो । अत्तरीयाका लागि सन्नी पटेलले दिपेन्द्र रावत र भुवन कार्कीले समान २-२ विकेट लिन सफल भए । त्यस्तै कप्तान दिपेन्द्र ऐरी, कमल ऐरीले समान १-१ विकेट लिए ।

ब्याटिङतर्फ रुपन्देहिका लागि सुमित महर्जनले नट आउट २२ रन बनाउन सफल भए । उनले २२ बलमा १ चौका १ छक्काको सहयोगमा २२ रन बनाएका हुन् । त्यस्तै सन्दिप सुनारले १५ रन जोड्न सफल भए । उनले २७ बल खेल्दै १ चौका र १ छक्काको सहयोगमा १५ रनबनाएका हुन् ।

रुपन्देहिका लागि तथा बिक्रम सोबले १४ र प्रदिप ऐरीले समान १४ रनको योगदान गरे । रुपन्देहिका लागि बिनोद भण्डारीले १० रान बनाउदा बाँकी सबै ब्याट्म्यानले दोहोरो रन बनाउन सकेनन् ।

यस अघि अत्तरियाका लागि कप्तान दिपेन्द्रले सर्वाधिक ६७ रन को योगदान गरे । उनले ५० बल खेल्दै १० चौका र १ छक्काको सहयोगमा ६७ रन बनाउन सफल भएका हुन् । त्यस्तै सुबेन्दु पाण्डे र रित गौतमले समान १२-१२ रनको योगदान गरे ।

आजको खेलमा कप्तान दिपेन्द्र र रितले डीपीए ३ को हाल सम्मको धेरै उत्कृष्ट साझेदारी गरेका छन् । दुबै जनाले ५७ रनको साझेदारी गरेका हुन् । त्यस बाहेकका अन्य ब्याट्म्यानले दोहोरो रन जोड्न सकेनन् ।

बलिङ तर्फ रुपन्देहिका ललित भण्डारीले सर्वाधिक ३ विकेट लिए । बिक्रम सोबले २ विकेट लिन सफल भए । त्यस्तै कप्तान बसन्त रेग्मी र पुनित मेहराले समान १-१ विकेट लिन सफल भए । आजको जितसंगै रुपन्देहिको पहिलो हार हो भने अत्तरियाको लागातार दोस्रो जित हो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।