बुधबार, चैत २५, २०८२

हिरो कपको उपाधिका लागि नेपाल म्यानमारसँग भिड्ने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
काठमाडौँ- नेपाल हिरो गोल्डकपकाे उपाधिका लागि म्यानमारसँग भिड्ने भएको छ । 

भारतमा जारी प्रतियोगिताको लिग चरणको अन्तिम खेलमा म्यानमारले भारतलाई पराजित गरेसँगै नेपाल उपविजेताका रुपमा प्रतियोगिताको फाइनल प्रवेश गरेको हो । 

प्रतियोगितामा म्यानमार अपराजित रहँदै नौ अङ्कका साथ फाइनल प्रवेश गर्‍यो । तीन खेलमा ६ अङ्क जोडेको नेपालले उपविजेताको रुपमा म्यानमासँग उपाधि भिडन्त पक्का गर्‍यो । नेपालले उपाधिका लागि शुक्रबार म्यानमारसँग प्रतिस्पर्धा गर्नेछ । 

आयोजक भारतले एक जितसहित तीन अङ्क बटुल्यो भने इरान अङ्कविहीन हुँदै घर फर्कियो । यसअघि बुधबार भएको लिग चरणको अन्तिम खेलमा इरानलाई पराजित गर्दै नेपालले फाइनल प्रवेश गर्ने सम्भावना बनाएको थियो । 

नेपालको जितमा सावित्रा भण्डारीले दुई तथा अनिता बस्नेतले एक गोल गरिन । साफ च्याम्पियनसिप र ओलम्पिक छनोटलाई लक्षित गर्दै भारतले प्रतियोगिताको आयोजना गरेको थियो । प्रतियोगितामा आयोजक भारतसँगै म्यान्मा, इरान र नेपाल सहभागी छन् । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।