बुधबार, चैत २५, २०८२

करनको घातक बलिङमा विराटनगरको पहिलो जित, धनगढीको तेस्रो हार

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
धनगढी- कप्तानी करन केसी र अभिनास यादवको घातक बलिङको मद्दतले विराटनगर किङ्सले तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डिपिएल)मा पहिलो जित निकालेको छ । आफ्नो पहिलो खेल गुमाएको विराटनगरले दोस्रो खेलमा धनगढी स्टार्सलाई २१ रनले पराजित गर्दै प्रतियोगितामा पहिलो जित निकालेको हो । 

यससँगै धनगढीको यो लगातार तेस्रो हार हो । विराटनगरले दिएको १ सय ४ रनको लक्ष्य पछ्याएको धनगढीले १९ ओभरमा सबै विकेट गुमाउँदै मात्र ८२ रन बनाउन सक्यो । खराव सुरुवात गरेको धनगढीका लागि सन्दीप रजालीले ३४ रन जोडे । उनले ३६ बल खेल्दै ४ चौकाको मद्दतमा ३४ रन जोडेका हुन् । त्यस्तै राजु रिजालले १५ रन जोड्न बाहेक अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । 

विराटनगरका लागि कप्तान करन केसीले र अभिनास यादवले समान चार विकेट लिए । त्यस्तै सुसान्त भारीले दुई विकेट लिए । 

यसअघि टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको विराटनगरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ३ रन जोडेको थियो । विराटनगरका लागि अभिनाश यादवले २७ र कप्तान करन केसीले २१ रन जोड्न बाहेक अन्य ब्याट्सम्यानले धनगढीका बलर सामु खुलेर खेल्न सकेका थिएनन् । 

आसिफ सेखले १२ रन र साम्सद सेखले ११ रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् । धनगढीका लागि सोमपाल कामी र विपिन कार्कीले समान तीन विकेट लिए । त्यस्तै रोबीन क्षेत्रीले दुई तथा सुनिल धमलाले  एक विकेट लिए ।

बिहिबार हुने पहिलो खेल बिहान ९ बजे रुपन्देही च्यालेन्जर्सविरुद्ध सिवाइसी अत्तरिया मैदान उत्रिने छ भने दोस्रो खेलमा महेन्द्रनगर युनाइटेडले विराटनगर किङ्सको सामना गर्ने छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।