बुधबार, चैत २५, २०८२

धनगढीलाई विराटनगरको १०४ रनको लक्ष्य

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
धनगढी- विराटनगर किङ्सले धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेटमा धनगढी स्टार्सलाई जितका लागि १ सय ४ रनको लक्ष्य सुम्पेको छ । टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको विराटनगरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ३ रन जोडेको हो । 

विराटनगरका सुरुवाती ५ ब्याट्सम्यान क्रिजमा टिक्न सकेनन् । जहाँ अभिनाश यादवले २७ र कप्तान करन केसीले २१ रन जोड्न बाहेक अन्य ब्याट्सम्यानले धनगढीका बलर सामु खुलेर खेल्न सकेनन् ।

आसिफ सेखले १२ रन र साम्सद सेखले ११ रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् । त्यस्तै कुसल भुर्तेल ६, हरिशंकर शाह २, पृथु बास्कोटा ६, असाद उल्ला खान ३ र राजेश पुलामी मगर १ रन जोड्दै पेभिलिएन फर्कीए । सुसन भारी १ रनमा अविजित रहे ।

धनगढीका लागि विराटनगरलाई सस्तैमा समेट्न कप्तान सोमपाल कामी र विपिन कार्कीले समान तीन विकेट लिए । त्यस्तै रोबीन क्षेत्रीले दुई तथा सुनिल धमलाले एक विकेट लिए ।

प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।