बुधबार, चैत २५, २०८२

काठमाडौंको लगातार जित, महेन्द्रनगरको दोस्रो हार

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
धनगढी- अंकित दवासको उत्कृष्ट ब्याटिङ र रसिद खानको बलिङको मद्दतले काठमाडौंले लगातार दोस्रो जित निकालेको छ । बुधबार फाप्ला क्रिकेट मैदानमा भएको खेलमा महेन्द्रनगर युनाइटेडलाई ७ रनले पराजित गर्दै काठमाडौंले लगातार दोस्रो जित निकालेको हो । 

काठमाडौंले दिएको १ सय ३५ रनको लक्ष्य पछ्याएको महेन्द्रनगरले २० ओभर खेल्दै ८ विकेट गुमाएर १ सय २७ रन मात्र बनाउन सक्यो । खराव सुरुवात गरेको महेन्द्रनगरका लागि अमरसिंह रौटेलाले २ चौका प्रहार गर्दै २८ रनको अविजित पारी खेले । 

त्यस्तै कप्तान शरद भेषवाकरले २३, आरिफ सेखले १८, आनन्द सुब्रमनियमले १५ र राहित कुमार पौडेलले १० रन बनाउन बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् ।
 
काठमाडौंका लागि रासिद खानले तीन तथा अंकित दवासले दुई विकेट लिए । त्यस्तै योगेन्द्रसिंह कार्की, ललित राजवंशी र नन्दन कुमार यादवले एक एक विकेट लिए । 

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको काठमाडौंले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ३४ रन जोडेको थियो । काठमाडौंका लागि अंकितले अर्धशतकीय अविजित पारी खेलेका थिए । दवासले ५५ बल खेल्दै ५ चौका र ३ छक्का प्रहार गरे । 

योगेन्द्र सिंह कार्कीले २२, कप्तान ज्ञानेन्द्र मल्लले १२ र मेहबुब आलमले १३ रन जोडे भने अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् । महेन्द्रनगरका लागि अमरसिंह रौटेलाले दुई तथा मोहमद नाभिदले, अभिनास बोहरा र सागर ढकालले एक एक विकेट लिएका थिए । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।