शनिबार, साउन १६, २०८३

काठमाडौंले दियो महेन्द्रनगरलाई १३५ रनको लक्ष्य

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

धनगढी- अंकित दवासको अर्धशतकको मद्दतले काठमाडौं गोल्डेन्सले शरद भेषवाकरको कप्तानीमा रहेको महेन्द्रनगर युनाइटेडलाई १ सय ३५ रनको लक्ष्य सुम्पेको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको काठमाडौंले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ३४ रन जोड्यो । 

काठमाडौंका लागि अंकितले अर्धशतकीय अविजित पारी खेलेका हुन् । यससँगै दवास जारी डिपिएलमा अर्धशतक प्रहार गर्ने दोस्रो खेलाडी बने । यसअघि धनगढीका अमित श्रेष्ठले पहिलो खेलमा अर्धशतक प्रहार गरेका थिए । 

दवासले ५५ बल खेल्दै ५ चौका र ३ छक्का प्रहार गरे । योगेन्द्र सिंह कार्कीले २२ रन जोडे । उनले १४ बल खेल्दै एक छक्का र एक चौका प्रहार गरे । त्यस्तै कप्तान ज्ञानेन्द्र मल्लले १२, मेहबुब आलमले १३, अनिल शाह ६ तथा गौरभ तोमर र सोनु तामाङले समान एक एक रन जोडे । 

महेन्द्रनगरका लागि अमरसिंह रौटेलाले दुई तथा मोहमद नाभिदले, अभिनास बोहरा र सागर ढकालले समान एक एक विकेट लिए । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।