एजेन्सी-च्याम्पियन्स लिग अन्तगत मंगलबार राति भएको प्रि-क्वार्टरफाईनलको पहिलो लेगमा ईटालियन क्लब ए.एस रोमाले एफसी पोर्टोलाई २-१ गोलले पराजित गरेको छ ।
रोमाको घरेलु मैदानमा भएको खेलमा रोमाले संघर्सपूर्ण जित निकालेको हो । पोर्चुगिज क्लबविरुद्व रोमाकालागि निकोलो जानिएलोले ७० औ मिनेटमा गोल गर्दै क्लबलाई सुरुवाती अग्रता दिलाएका थिए ।
त्यसको ६ मिनेट पछि उनले नै क्लबको अग्रतालाई दोब्बर बनाएका थिए । उता पोर्टोका लागि ७९ औ मिनेटमा लोपेजले पाहुना टोलीलाई खेलमा फर्काउने कोशिस गरेपनि त्यो सफल हुन सकेन । अब दोस्रो खेल यी दुबै टोलीले ६ मार्चमा खेल्ने छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४