बुधबार, चैत २५, २०८२

कुस्ती खेलाडीलाई महानगरपालिकाद्वारा पोशाक वितरण

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
वीरगन्ज- वीरगंज महानगरपालिकाले पर्सा जिल्लाका कुस्ती खेलाडीलाई पोशाक उपलब्ध गराएको छ।

महानगरपालिकाको वडा नम्बर १३ स्थित करबोलामा रहेको कुस्ती खेल अखाडामा मगंलबार  नगर प्रमुख विजय कुमार सरावगीले कुस्ती खेलाडीलाई पोशाक वितरण गरेका हुन्।

कुस्ती प्रशिक्षण अखाडामा कुस्ती खेलको प्रशिक्षण लिइरहेका २०जना खेलाडिलाई ३२ हजार रुपैयाँ मूल्य बराबरको पोशाक वितरण गरिएको महानगरपालिकाले जानकारी दिएको छ।

कुस्ती खेलाडी रामधारी प्रसाद यादव,सागर प्रसाद यादव,भागवत साह,कम्रुदिन मिया,छोटेलाल राउत र अनिल यादव लगायत २०जना कुस्ती खेलाडीलाई पोशक वितरण गरिएको हो।

दक्षिण एशियाली खेलकुद प्रतियोगितामा नेपाललाई पदक दिलाएको परम्परागत खेल कुस्तीको संरक्षणमा संघीय सरकारले चासो नदेखाउँदा खेलाडीको मनोबल खस्किएको कुस्ती प्रशिक्षक मदन यादवले गुनासो गरे।
 
पोशाक वितरणपछि खेलाडीलाई सम्बोधन गर्दै नगर प्रमुख विजय कुमार सरावगीले कुस्ती खेलको प्रशिक्षणको लागी स्थायी पूर्वाधार निर्माण गर्ने आश्वाशन दिए। उनले भने, महानगरले करबोलामा कुस्ती खेल प्रशिक्षण र प्रतियोगिताको लागी चाँडै नै सेड निर्माण गर्ने छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।