काठमाडौं- भारतको गुवाहाटीमा हुने डा ता आओ फुटबल च्याम्पियनसिपका लागि एन्फाले यू-२१ राष्ट्रिय टोलीको घोषणा गरेको छ । फेब्रुअरी १९ देखि २८ सम्म हुने प्रतियोगिताका लागि एन्फाले मंगलबार २० सदस्यीय टोलीको घोषणा गरेको हो ।
टोलीमा गोलरक्षकमा सोजित गुरुङ, विश्णु कुमार केसी र सूर्य अधिकारी रहेका छन् । त्यस्तै, डिफेन्डरतर्फ राजन गुरुङ, असिम भुषाल, विश्वास उदास, गौतम श्रेष्ठ, रणदिप पौडेल, छिरिङ गुरुङ रहेका छन् ।
मिडफिल्डरमा अनिल महर्जन, आरिक बिष्ट, मनिस थापा, मिकचेन तामाङ, नितिन थापा, अभिषेक रिजाल र सिशिर लेखी रहँदा फरवार्डमा रेजिन सुब्बा, राजिब लोप्चन, धिरज श्रेष्ठ र प्रेजेन तामाङ छन् । टिमको मुख्य प्रशिक्षकमा चेत नारायण श्रेष्ठ रहेका छन् ।
वैकल्पिक खेलाडीका रुपमा गोलकिपरमा अभिषेक बराल, डिफेन्डरमा शनिस श्रेष्ठ, मडफिल्डरमा अरुज सिंह र फरवार्डमा रितीक खड्कालाई राखेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४