बुधबार, चैत २५, २०८२

रुपन्देहीको लगातार दोस्रो जित, विराटनगरको हार

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
धनगढी- रुपन्देही च्यालेन्जर्सले धनगढी प्रिमियर लिगमा लगातार दोस्रो जित दर्ता गरेको छ । आफ्नो दोस्रो खेलमा विराटनगर किङ्सलाई ५ विकेटले पराजित गर्दै रुपन्देहीले प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गरेको हो । 

विराटनगरले दिएको ९३ रनको सामान्य लक्ष्य पछ्याएको रुपन्देहीले १३.१ ओभरमा ५ विकेटको क्षतीमा लक्ष्य भेट्टायो । खराव सुरुवात गरेको रुपन्देहीका लागि पुनित मेहराले सर्वाधिक ४६ रन जोडे । 

उनले २७ बल खेल्दै २ चौका र ४ छक्का प्रहार गरे । त्यस्तै बाबर हायातले १७, भिम सार्कीले १२, कप्तान बसन्त रेग्मीले ८, विनोद भण्डारीले ७, प्रदिप ऐरीले २ र सन्दीप सुनार शुन्य रनमा आउट भए । विराटनगरका लागि अभिनास यादवले दुई तथा कप्तान करन केसी, सुसन भारी र साम्सद सेखले समान एक एक विकेट लिए । 

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको विराटनगर किङ्सले २० ओभर खेल्दै ९ विकेटको क्षेतिमा ९३ रन बनाएको थियो । विराटनगरका कुनै ब्याट्सम्यान रुपन्देहीका बरल सामु खुलेर खेल्न सकेका थिएनन् । 

विराटगरका असद उल्ला खानले १८, राजेस पुलामिले १५, कुशल भुर्तेलले १२, साम्सद सेखले १० रन जोड्न बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् । त्यस्तै सुवास एरले ९, आसिफ सेखले ८, अविनास यादवले ७ , पृथु बास्कोटाले ४, कप्तान करण केसीले मात्र २ तथा ओपनरमा आएका हरिसंकर शाहा शुनय रनमा पेभिलिएन फर्किएका थिए । 

रुपन्देहीका लागि पुनित मेहेराले सर्वाधिक ३ विकेट लिए । त्यस्तै ललित भण्डारी र बसन्त रेग्मीले समान २-२ विकेट लिँदा कृष्ण कार्की र बिक्रम सोबले १-१ विकेट लिए । बुधबार बिहान ९ बजे हुने खेलमा पहिलो खेलमा शरद भेषवाकरको कप्तानीमा रहेको महेन्द्रनगर युनाइटेले काठमाडौं गोल्डेन्सको सामना गर्ने छ । त्यस्तै दिउँसो १ बजे हुने दोस्रो खेलमा विराटनगर किङ्सविरुद्ध धनगढी स्टार्स भिड्ने छ । 

प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।