शुक्रबार, साउन १५, २०८३

अत्तरियाका भुवन चम्केपछि धनगढीको लगातार दोस्रो हार

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

धनगढी- सिवासी अत्तरियाका भुवन कार्की चम्केपछि आयोजक टोली धनगढी स्टार्स तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डिपिएल) टी-२० क्रिकेटमा लगातार दोस्रो हार व्यहोरेको छ । 

अत्तरीयाका लागि भुवनले ४ विकेट लिँदै स्टार्सलाई सस्तैमा समेट्न महत्वपूर्ण भुमिका खेलेका हुन् । उनले चार ओर गर्दै मात्र १० रन खर्चेर ४ विकेट लिएका हुन् । यससँगै अत्तरियाले स्टार्सलाई ५ रनले पारजित गरेको हो ।

अत्तरियाले दिएको ९६ रनको सामान्य लक्ष्य पछ्याएको स्टार्सले २० ओभर खेल्दै ९ विकेट गुमाएर ९० रन मात्र बनाउन सक्यो । खराब सुरुवात गरेको स्टार्सका लागि राजु रिजाल २४, रोहन मुस्तफ १८, सन्दीप रजाली ११, कप्तान सोमपाल कामी १० रन बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् । 

जहाँ पवन सराफ, सौरभ खनाल र अमित श्रेष्ठ शुन्य रनमा पेभिलियन फर्किदा रोविन श्रेत्री २ रन तथा ओपनर सुनिल धमला र आमिर हायात समान ४ रनमा आउट भए । अत्तरीयाका लागि भुवन कार्कीले चार विकेट लिँदा सन्नी पटेल दुई तथा दिपेन्द्र सिंह ऐरी र दिपेन्द्र रावतले एक एक विकेट लिए । 

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अत्तरियाले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै ९५ रन जोडेका थियो । अत्तरियाका लागि सन्नी पटेलले ३५ तथा जय किसन कोल्सवालाले २१ रन जोड्न बाहेक अन्य ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेका थिएनन् । 

सन्नीले २८ बल खेल्दै २ चौका र २ छकका प्रहार गरे । त्यस्तै कोल्सावालाले २६ बल खेल्दै १ चौका र एक छक्का प्रहार गरे । अन्य खेलाडी प्रेम तामाङले १२, कप्तान दिपेन्द्र सिंह ऐरी ११, सुभेन्दु पाण्डेय ३ र सन्दीप जोरा २ रनमा पेभिलियन फर्किए । 

स्टार्सका लागि रोहन मुस्तफाले दुई तथा बिपिन खत्री, कप्तान सोमपाल कामी, आमिर हायातले एक विकेट लिए । स्टार्सले आफ्नो पहिलो खेल काठमाडौं गोल्डेन्ससँग ४ विकेटले पराजित भएको थियो । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।