बुधबार, चैत २५, २०८२

अत्तरियाले दियो धनगढीलाई ९६रनको सामान्य लक्ष्य

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
धनगढी- तेस्रो संस्करणको जारी धनगडी प्रिमियर लिग (डिपिएल) टी-२० क्रिकेटको दोस्रो दिनको पहलिो जारी खेलमा सिवाइसी अत्तरियाले आयोजक टोली धनगढी स्टार्सलाई ९६ रनको सामान्य लक्ष्य सुम्पेको छ । 

टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको अत्तरियाले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै ९५ रन मात्र जोड्न सक्यो ।  अत्तरियाका लागि सन्नी पटेलले ३५ रन तथा जय किसन कोल्सवालाले २१ रन जोड्न बाहेक अन्य ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन् । 

सन्नीले २८ बल खेल्दै २ चौका र २ छकका प्रहार गरे । त्यस्तै कोल्सावालाले २६ बल खेल्दै १ चौका र एक छक्का प्रहार गरे । अन्य खेलाडी प्रेम तामाङले १२, कप्तान दिपेन्द्र सिंह ऐरी ११, सुभेन्दु पाण्डेय ३, सन्दीप जोरा २ रनमा पेभिलियन फर्किए । 

स्टार्सका लागि रोहन मुस्तफाले दुई विकेट लिए । त्यस्तै बिपिन खत्री, कप्तान सोमपाल कामी, आमिर हायातले एक विकेट लिए । स्टार्सले आफ्नो पहिलो खेल काठमाडौं गोल्डेन्ससँग ४ विकेटले पराजित भएको थियो । यता अत्तरिया भने प्रतियोगितामा आफ्नो पहिलो खेल खेल्दै छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।