शुक्रबार, साउन १५, २०८३

टि-२० वरियतामा पारसको अहिले सम्मकै ठुलो फड्को

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)को टि-२० वरियतामा ठूलो फड्को मारेका छन् ।

आइसिसीले सोमबार सार्वजनिक गरेको नयाँ वरियता अनुसार पारस पहिलो पटक टि-२० को अलराउण्डर वरियताको शीर्ष ४० भित्र परेका हुन् । 

पारसले ७६ रेटिङ प्वाइन्ट पाएका छन् । जुन उनले आफ्नो क्रिकेट जिवनमा पाएको सर्वाधिक उच्च प्वाइन्ट समेत हो । टि-२० को ब्याटिङ वरियतामा भने पारस ९०औं स्थानमा छन् । 

वलिङ वरियतामा नेपालका तीव्र गतिका बलर सोमपाल कामी ७०औं र बसन्त रेग्मी ७१औं स्थानमा छन् । सोमपालले पनि यसपटक आफ्नो क्रिकेट करियरको उच्च ४०९ प्वाइन्ट पाएका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।