शुक्रबार, साउन २९, २०८३

रोल्पा पहिरो अपडेट: फलबाङमा बेपत्ता तीन जनाको शव भेटियो

 |  शुक्रबार, साउन २९, २०८३

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन २९, २०८३

रोल्पा- रोल्पाको सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीन जनाको शव फेला परेको छ।

शुक्रबार बिहान ८: १० बजे स्थानीय वीरु घर्ती मगरको घर पहिरोले पुरिँदा तीन जना बेपत्ता भएका थिए। घटनापछि सुरक्षाकर्मी तथा स्थानीयवासीले खोजी गर्ने क्रममा बिहान ११ः३० बजे तीनै जनाको शव फेला परेको हो।

मृत्यु हुनेमा सुनछहरी गाउँपालिका–२ का ७७ वर्षीय वीरु घर्ती मगर, ६८ वर्षीया सनी घर्ती मगर र ७० वर्षीया लली घर्ती मगर रहेका छन्।

पहिरोले घर पुरिएपछि उनीहरू बेपत्ता भएका थिए। खोजी तथा उद्धारका क्रममा तीनै जनाको शव फेला परेको प्रहरीले जनाएको छ।

प्रकाशित: Aug 14, 2026| 13:57 शुक्रबार, साउन २९, २०८३
प्रतिक्रिया दिनुहोस्