रोल्पा- रोल्पाको सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा तीन जना बेपत्ता भएका छन्।
शुक्रबार बिहान ८: १० बजे स्थानीय वीरबहादुर घर्ती मगरको घर पहिरोले पुरिएको हो। उक्त घरमा वीरबहादुर घर्ती मगर, उनकी श्रीमती शनि घर्ती मगर र छिमेकी ललि घर्ती मगर राति बसेका थिए। पहिरोले घर पुरिएपछि तीनै जना बेपत्ता भएका छन्।
यस्तै, सुनछहरी गाउँपालिका–२ गिट्ठेस्थित लादे बुढा मगरको घरसमेत पहिरोले पुरिएको छ। घटनाको थप विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।