शुक्रबार, साउन २९, २०८३

२४ घण्टामा देशभर सवारी दुर्घटनामा ५ को मृत्यु, ११७ जना घाइते

 |  शुक्रबार, साउन २९, २०८३

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन २९, २०८३

काठमाडौं- पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ५ जनाको मृत्यु भएको छ भने ११७ जना घाइते भएका छन्।

नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा मधेश, कोशी, गण्डकी, बागमती  र काठमाडौँ उपत्यकामा एक एक जनाको मृत्यु भएको छ।

त्यस्तै देशभर भएका दुर्घटनामा ११७ जना घाइते भएका छन्। जस अनुसार मधेश प्रदेशमा २२ जना घाइते भएका छन् भने काठमाडौँ उपत्यकामा ३० जना घाइते भएका छन्। त्यस्तै कोशीमा २२ जना, बागमतीमा ८ जना घाइते भएका छन् भने लुम्बिनीमा १९ जना, सुदूरपश्चिममा ८ जना, गण्डकीमा ५ जना र कर्णालीमा ३ जना घाइते भएका छन्।

प्रकाशित: Aug 14, 2026| 14:01 शुक्रबार, साउन २९, २०८३
प्रतिक्रिया दिनुहोस्