शुक्रबार, साउन २९, २०८३

बाजुरा पहिरो अपडेट: २० वर्षीया युवतीको मृत्यु, दुई जना घाइते

 |  शुक्रबार, साउन २९, २०८३

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन २९, २०८३

बाजुरा- त्रिवेणी नगरपालिका–९ ताम्सुमा अविरल वर्षापछि आएको पहिरोमा परी २० वर्षीया युवतीको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

पहिरोमा परी स्थानीय कर्ण थापाकी २० वर्षीया छोरी प्रतिक्षा थापा बेपत्ता भएकी थिइन्। प्रहरी र स्थानीयवासीले खोजी गर्ने क्रममा उनलाई घटनास्थलमै मृत अवस्थामा फेला पारेका हुन्।

पहिरोमा परी सोही स्थानका ४० वर्षीय धर्म थापा र ४० वर्षीया धौलीदेवी रावल घाइते भएका छन्। दुवै जनाको उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल मार्तडी पठाइएको प्रहरीले जनाएको छ।

पहिरोले दुईवटा घर पूर्ण रूपमा पुरिएर क्षति भएका छन्। साउन २८ गते साँझदेखि लगातार परेको अविरल वर्षाका कारण पहिरो गएको बताइएको छ।

प्रकाशित: Aug 14, 2026| 11:02 शुक्रबार, साउन २९, २०८३
प्रतिक्रिया दिनुहोस्