शुक्रबार, साउन २९, २०८३

मोदी खोलाको बाढीमा फसेका तीन जनाको सकुशल उद्धार

 |  शुक्रबार, साउन २९, २०८३

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन २९, २०८३

पोखरा- मोदी खोलाको बीचमा रहेको अन्नपूर्ण माता मन्दिरमा फसेका तीन जनाको सशस्त्र प्रहरीको गोताखोरसहितको टोलीले शुक्रबार बिहान सकुशल उद्धार गरेको छ।

कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं. ५ र ६ को सीमानामा पर्ने उक्त मन्दिरमा रहेका १ जना पुजारी र २ जना भक्तजनको सकुशल उद्धार गरिएको हो।

लगातार वर्षाको कारण सो खोलामा आएको बाढीले मन्दिरमा आवतजावत गर्ने दुई वटा फलामको पुल बगाउनुकोसाथै मन्दिरको आधा भाग समेत कटान गरेपछि उनीहरु उक्त मन्दिरमा अलपत्र परेका थिए।

लगातार वर्षा र सो खोलामा आएको बाढीको कारण उद्धार गर्न कठिनाई भएपछि सो टोलीले पुनः बिहान रोप रेस्क्यु विधि अपनाई उनीहरु तीनै जनालाई सकुशल उद्धार गर्न सफल भएको हो।

उद्धार गरिएकाहरुमा सोही जिल्लाको पोखरा महानगरपालिका–१८ साराङकोट बस्ने २८ बर्षिय प्रदिप ढकाल, सर्लाही जिल्ला घर भई हाल अन्नपूर्ण गाउँपालिका–८ बस्ने ३० बर्षिय रेवन्त प्रसाद सिंह र भारत घर भएका ५२ बर्षिय निर्माण गिरी छन्।

प्रकाशित: Aug 14, 2026| 10:33 शुक्रबार, साउन २९, २०८३
प्रतिक्रिया दिनुहोस्