शुक्रबार, साउन २९, २०८३

बाजुरामा पहिरोमा परी एक जना बेपत्ता, दुई घाइते

 |  शुक्रबार, साउन २९, २०८३

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन २९, २०८३

धनगढी- बाजुराको त्रिवेणी नगरपालिका–९ ताम्सुमा अविरल वर्षापछि आएको पहिरोमा परी एक जना बेपत्ता भएका छन् भने दुई जना सामान्य घाइते भएका छन्।

लगातार परेको वर्षाका कारण पहिरो खस्दा स्थानीय ३९ वर्षीय धर्म थापा र ४३ वर्षीय कर्णबहादुर थापाको घरमा क्षति पुगेको छ। पहिरोमा परी सोही घरपरिवारका दुई जना सामान्य घाइते भएका हुन्।

पहिरोमा एक जना बेपत्ता भएपछि उनको खोजी तथा उद्धारका लागि नेपाल प्रहरीको टोली घटनास्थल पुगेको छ। प्रहरीले बेपत्ता व्यक्तिको खोजी तथा उद्धार कार्य जारी राखेको जनाएको छ।

अविरल वर्षाका कारण थप पहिरोको जोखिम रहेकाले स्थानीयवासीलाई सतर्क रहन आग्रह गरिएको छ।

प्रकाशित: Aug 14, 2026| 10:23 शुक्रबार, साउन २९, २०८३
प्रतिक्रिया दिनुहोस्