शुक्रबार, साउन २९, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • पत्रकार किशोर श्रेष्ठ पक्राउविरुद्ध सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट

पत्रकार किशोर श्रेष्ठ पक्राउविरुद्ध सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट

 |  शुक्रबार, साउन २९, २०८३

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन २९, २०८३

काठमाडौं- जनआस्थाका सम्पादक किशोर श्रेष्ठलाई गैरकानुनी थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दर्ता भएको छ। 

श्रेष्ठको हकमा उनकी श्रीमती सरस्वती श्रेष्ठले बन्दीप्रत्यक्षीकरण रिट दर्ता गरेकी हुन्। बिनाआधार पक्राउ गरिएको भन्दै बन्दीप्रत्यक्षीकरण आदेश जारी गर्न रिटमा माग गरिएको छ। 

बन्दीप्रत्यक्षीकरण रिटको सुनुवाइका लागि आज पेसी तोकिएको छ। व्यक्तिगत गोपनीयता सम्बन्धी कसुरमा प्रहरीले श्रेष्ठलाई बुधबार साँझ पक्राउ गरेको थियो। श्रेष्ठलाई थुनामा राख्न जिल्ला अदालत काठमाडौँले तीन दिनको म्याद थप गरेको छ।

प्रकाशित: Aug 14, 2026| 10:21 शुक्रबार, साउन २९, २०८३
प्रतिक्रिया दिनुहोस्