शुक्रबार, साउन २९, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • निर्मल पुर्जाको बेलायतमा हुने अन्त्येष्टिमा परिवार र आफन्त मात्र सहभागी हुने

निर्मल पुर्जाको बेलायतमा हुने अन्त्येष्टिमा परिवार र आफन्त मात्र सहभागी हुने

 |  शुक्रबार, साउन २९, २०८३

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन २९, २०८३

काठमाडौं- ब्रोड पिकमा गत जुलाई ३० मा गएको हिमपहिरोमा परी ज्यान गुमाएका निर्मल ‘निम्सदाइ’ पुर्जाको शव कठिन उद्धार अभियानपछि बेलायत पुर्‍याइएको छ।

पुर्जाले स्थापना गरेको संस्था एलिट एक्सपेडले उनको शव बेलायत पुर्याइएको जानकारी दिदै पुर्जाको सम्मान तथा सम्झनामा अन्त्येष्टि कार्यक्रम आयोजना गरिने जनाइएको छ।

अन्त्येष्टि कार्यक्रम परिवार, आफन्त, साथीभाइ तथा निमन्त्रणा गरिएका अतिथिका लागि मात्र सीमित र निजी हुने बताइएको छ। पुर्जाको परिवारको तर्फबाट अन्त्येष्टिसँग सम्बन्धित सम्पूर्ण तयारी र व्यवस्थापन आयोजक संस्थाले नै गरिरहेको जनाएको छ।

परिवारको इच्छाअनुसार अन्त्येष्टिसँग सम्बन्धित कुनै पनि छुट्टै कार्यक्रम, सूचना वा पहल आफैंले आयोजना नगर्न र त्यस्ता सामग्री सार्वजनिक नगर्न पनि आग्रह गरिएको छ।

प्रकाशित: Aug 14, 2026| 10:20 शुक्रबार, साउन २९, २०८३
प्रतिक्रिया दिनुहोस्