बुधबार, चैत २५, २०८२

डिपिएल-३ : महेन्द्रनगर रुपन्देहीसँग २ रनले पराजित 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
धनगढी- धनगढी प्रिमयर लिग (डिपिएल) टी-२० क्रिकेटमा रुपन्देही च्यालेनजर्सले विजयी सुरुवात गरेको छ । आफ्नो पहिलो खेलमा महेन्द्रनगर युनाईटेडलाई २ रनले पराजित गर्दै रुपन्देहीले विजयी सुरुवात गरेको हो ।

रुपन्देहीले दिएको १ सय १२ रनको लक्ष्य पछ्याउने क्रममा महेन्द्रनगरले २० ओभरमा ८ विकेट गुमाउँदै मात्र १ सय ९ रन बनान सक्यो । महेन्द्रनगरका लागि आनन्द सुब्रमनियमले २५, रोहित कुमार पौडेलले २४ र मोहमद नाभिदले १२ रन जोड्न बाहेक अन्य ब्यट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन् । आनन्दले ३३ बल खेल्दै १ चौका र २ छक्का प्रहार गरे । रोहितले दुई चौका र एक छक्का प्रहार गरे । अमर सिंह रौटेला ६ र अभिनास बोहरा ३ रनमा अविजित रहे । 

त्यस्तै दिलिप नाथ ८, कुसल मल्ल ९, कप्तान शरद भेषवाकर ४ र आरिफ सेखले ५, सिद्धान्त लोहनी शुन्य रनमा आउट भए । रुपन्देहीका लागि बिक्रम सोबले तीन तथा पुनित मेहराले दुई विकेट लिँदा कप्तान बसन्त रेग्मी, ललित सिंह भण्डारी र कृष्ण कार्कीले एक एक विकेट लिए ।  

यसअघि टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको रुपन्देहीले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १ सय ११  रन जोडेको थियो । रुपन्देहीका लागि सुशमित महर्जनले सर्वाधिक २७ रन जोडे । उनले ३५ बल खेल्दै एक चौका र दुई छक्का प्रहार गरे । 

विनोद भण्डारीले १९, बिक्रम सोबले १६, सन्दीप सुनारले १५ र बाबर हायातले १४ रन जोडे । प्रदिप ऐरी १ रन, पुनित मेहरा ३ रन कप्तान बसन्त रेग्मी शुन्य, कृष्ण कार्की ४ र भिम सार्की २ रनमा आउट भए । 

महेन्द्रनगरका लागि सिद्धान्त लोहनीले तीन विकेट लिँदा, सागर ढकाल र अभिनास बोहराले दुई विकेट लिए । त्यस्तै कप्तान शरद भेषवारले एक विकेट लिए । मंगलबार दुई खेल हुँदै छन् । 

मंगलबार हुने पहिलो खेलमा सिवाइसी अत्तरियाले धनगढी स्टार्सको सामना गर्ने छ । त्यस्तै दोस्रोमा खेल विराटनगर किङ्सले रुपन्देही च्यालेन्जर्सको सामना गर्ने छ । फाप्ला क्रिकेट मैदानमा पहिलो खेल ९ बजे र दोस्रो खेल दिउँसो १ बजे सुरु हुने छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।