बिहीबार, साउन २८, २०८३

रोल्पा पहिरो अपडेट : मृतकको संख्या ३ पुग्यो, ९ जना अझै बेपत्ता

 |  बिहीबार, साउन २८, २०८३

नेपाल समय

नेपाल समय

बिहीबार, साउन २८, २०८३

रोल्पा- रोल्पाको थवाङ गाउँपालिका–५ उवा, कोटलबारा र बेँसी क्षेत्रमा पहिरोले ठूलो क्षति पुर्‍याएको छ। माथिबाट लेदोसहितको पहिरो खस्दा ११ वटा घर तथा गोठ बगाएको प्रहरीले जनाएको छ।

पहिरोमा परी कमलबहादुर पुन मगर, मनरखी पुन मगर र शान्ती पुन मगरको मृत्यु भएको छ। घटनास्थलबाट उनीहरूको शव फेला परिसकेको प्रहरीले जनाएको छ।

पहिरोमा परी सञ्जय घर्ती मगर र हिमाल पुन मगर गम्भीर घाइते भएका छन्। उनीहरूलाई उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार घटनामा ९ जना अझै बेपत्ता छन्। बेपत्ता हुनेमा हस्तकला रोका मगर, लिलबहादुर पुन मगर, मणि पुन मगर, जुनकुमारी पुन मगर, अशोक पुन मगर, असिम पुन मगर, अजम्बर पुन मगर, दलबहादुर पुन मगर र बलबहादुर पुन मगर रहेका छन्।

घटनास्थलमा उद्धार तथा खोजी कार्य तीव्र पारिएको छ। स्थानीयवासी, प्रहरीलगायतको टोलीले बेपत्ताको खोजी तथा उद्धार कार्य जारी राखेको प्रहरीले जनाएको छ।

प्रकाशित: Aug 13, 2026| 10:23 बिहीबार, साउन २८, २०८३
प्रतिक्रिया दिनुहोस्