काठमाडौं- पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै नेपाल पत्रकार महासंघले धर्ना दिने भएको छ। महासंघले बिहीबार बिहान ९ बजे भद्रकालीस्थित काठमाडौं प्रहरी परिसरमा धर्ना दिने कार्यक्रम तय गरेको हो।
वैयक्तिक गोपनियतासम्बन्धी ऐन, २०७५ विपरीतको कसुर गरेको आरोपमा अनुसन्धानका लागि पक्राउ गरिका जनआस्था साप्ताहिकका प्रधान सम्पादक श्रेष्ठको रिहाईको माग गर्दै प्रेस स्वतन्त्रताका पक्षधर सबैलाई धर्नामा सहभागी हुन आह्वान गरिएको छ।
महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा ऐक्यबद्धता जनाउन पत्रकार तथा प्रेस स्वतन्त्रताका पक्षधरहरूलाई कार्यक्रममा उपस्थित हुन आग्रह गरेको छ।