बिहीबार, साउन २८, २०८३

रोल्पा पहिरो अपडेट: दुई जनाको मृत्यु, १० बेपत्ता

 |  बिहीबार, साउन २८, २०८३

नेपाल समय

नेपाल समय

बिहीबार, साउन २८, २०८३

रोल्पा- रोल्पाको थबाङ गाउँपालिका–५ कोटलबारामा अविरल वर्षासँगै आएको पहिरोले घर तथा गोठ पुरिँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते र १० जना बेपत्ता भएका छन्।

बुधबार राति करिब ८: ४० बजे माथिबाट खसेको पहिरोले स्थानीय कमलबहादुर पुन मगरको घरसहित करिब ६ घर तथा गोठ पुरिएका छन्। घटनामा १८ वर्षीया शान्ति पुन मगर र ६० वर्षीय कमलबहादुर पुन मगरको मृत्यु भएको प्रहरीले जनाएको छ।

पहिरोमा पुरिएका २२ वर्षीय हिमाल पुन मगर र २५ वर्षीय सञ्जय घर्ती मगरलाई राति करिब ११: ५५ बजे स्थानीयवासीको सहयोगमा घाइते अवस्थामा उद्धार गरिएको थियो।

थप उद्धारका लागि बिहीबार बिहान जिल्ला प्रहरी कार्यालय रोल्पाबाट प्रहरी नायब उपरीक्षक पञ्चकुमार बाखुको नेतृत्वमा विपद् उद्धार सामग्रीसहित १३ जनाको टोली घटनास्थल पुगेको छ। प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीसमेत बिहान घटनास्थल पुगेका छन्।

प्रारम्भिक विवरणअनुसार पहिरोमा थप १० जना पुरिएको आशंका गरिएको छ। घटनास्थलमा उद्धार तथा खोजी कार्य जारी रहेको र फोन सम्पर्क हुन नसकेकाले क्षतिको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

प्रकाशित: Aug 13, 2026| 07:59 बिहीबार, साउन २८, २०८३
प्रतिक्रिया दिनुहोस्