धनगढी- धनगढी प्रिमयर लिग (डिपिएल) टी-२० क्रिकेटको जारी दोस्रो खेलामा रुपन्देही च्यालेनजर्सले महेद्रनगर युनाईटेडलाई जितका लागि १ सय १२ रनको लक्ष्य सुम्पेको छ । टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय गरेको रुपन्देहीले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १ सय ११ रन जोडेको हो ।
रुपन्देहीका लागि सुशमित महर्जनले सर्वाधिक २७ रन जोडे । उनले ३५ बल खेल्दा एक चौका र दुई छक्का प्रहार गरे । विनोद भण्डारीले १९ रन जोडे । उनले १६ बल खेल्दै एक चौका र २ छक्का प्रहार गरे ।
त्यस्तै सन्दीप सुनारले १५ र बाबर हायातले १४, बिक्रम सोबले १६ रन जोडे । प्रदिप ऐरी १ रन, पुनित मेहरा ३ रन कप्तान बसन्त रेग्मी शुन्य, कृष्ण कार्की ४ र भिम सार्की २ रनमा आउट भए ।
महेन्द्रनगरका लागि सिद्धान्त लोहनीले तीन विकेट लिँदा, सागर ढकाल र अभिनास बोहराले दुई विकेट लिए । त्यस्तै कप्तान शरद भेषवारले एक विकेट लिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४