बिहीबार, साउन २८, २०८३

रोल्पामा पहिरोले घर पुरिंदा दुई जनाको मृत्यु

 |  बिहीबार, साउन २८, २०८३

नेपाल समय

नेपाल समय

बिहीबार, साउन २८, २०८३

रोल्पा- अविरल वर्षापछि खसेको पहिरोले घर तथा गोठ पुरिँदा रोल्पाको थबाङ गाउँपालिका–५ बोटलबारा दुई जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्।

बुधबार राति करिब ८: ४० बजे पहिरो खस्दा स्थानीय कमलबहादुर पुन मगरसहित करिब ६ घर तथा गोठ पुरिएका थिए। घटनामा १८ वर्षीया शान्ती पुन मगर र करिब ६० वर्षीय कमलबहादुर पुन मगरको मृत्यु भएको प्रहरीले जनाएको छ।

पहिरोमा २२ वर्षीय हिमाल पुन मगर र २५ वर्षीय सञ्जय घर्ती मगर गम्भीर घाइते भएका छन्। प्रहरी र स्थानीयवासीले उद्धार तथा खोजी कार्य जारी राखेका छन्। थप मानिस पुरिएको हुनसक्ने आशंकामा घटनास्थलमा खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ।

प्रकाशित: Aug 13, 2026| 07:26 बिहीबार, साउन २८, २०८३
प्रतिक्रिया दिनुहोस्